किमको घोडाका लागि उत्तर कोरियाले हजारौँ डलर खर्च गरेको खुलासा

एजेन्सी । गतवर्ष उत्तर कोरियाका प्रमुख किम जोङ उन सेतो घोडामा सवार तस्बिरको व्यापक चर्चा भएको थियो । हिउँले ढाकिएको सडकमा सेतो सुन्दरगरी सजाइएको घोडामा उनी कथाहरुका राजकुमार जस्तै देखिएका थिए । यस्तोमा उनको सो सोख पूरा गर्न उत्तर कोरियाले हजारौँ डलर खर्च गर्नुपरेको नयाँ खुलासा भएको छ ।

रुसको भन्सार डाटाका अनुसार अघिल्लो वर्ष उत्तर कोरियाले १२ वटा ‘प्योर ब्रिड’ का घोडा आयात गरेको थियो । यसरी अक्टोबर र डिसेम्बरका बीच किम त्यही घोडामा धार्मिक माउन्ट बेक्दुमा दुईपटक यात्रा गरेका थिए जसबारे कोरियाली संचार माध्यमभर अधिक प्रचार भएको थियो ।



सो चित्रले अन्तर्राष्ट्रिय दबाबका बावजुद किमको शक्तिशाली छवि प्रस्तुत गरेको प्योङयोङको राष्ट्रद्वारा सञ्चालित मिडियाले अधिक महत्वका साथ उल्लेख गरेको थियो । रुसबाट महङ्गा घोडा खरिद गर्ने उत्तर कोरियाको धेरै लामो इतिहास रहेको छ ।

संचार एजेन्सी रोयटर्सले रिभ्यु गरेको यो नयाँ डाटका अनुसार उत्तर कोरियाले गत वर्ष ७५ हजार ५०९ डलर बराबरका १२ वटा घोडा खरिद गरेको थियो । यसलाई २०१५ पछिको सबैभन्दा ठूलो खरिद बताइएको छ । त्यतिबेला भने यसले रुसबाट १ लाख ९२ हजार पर्ने ६१ वटा घोडाहरु किनेको थियो । यसरी २०१० देखि १९ का बीच उत्तर कोरियाले झन्डै ६ लाख डलर बराबरको १३८ घोडा आयात गरेको थियो । – रोयटर्सबाट

ADDDDDDDDD
प्रतिक्रिया दिनुहोस